कपिलवस्तु-चन्द्रौटा उद्योग वाणिज्य संघको चौथो अधिवेशन वाट निर्वाचित नया समितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ । संघका निवर्तमान अध्यक्ष तथा केन्द्रिय सदस्य जम्सेर अलि मियाले नव निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको थियो ।
पदभार ग्रहण गर्दै संघका नव निर्वाचित अध्यक्ष ईश्वारी प्रसाद पाण्डेयले व्यवसायी तथा उद्योगिहरुलाई स्थापित गर्दै बजारमा रहेका धेरै समस्यालाई समाधान गरिने बताउनुभयो । साना उद्योगिहरुलाई धेरै समस्या रहेकोले औद्योगिक ग्रामको रुपमा विकास गर्न पहल गर्ने उहाँले बताउनुभयो ।
संघका निवर्तमान अध्यक्ष जम्सेर अलि मियाले नया नेतृत्वले कुशलतापूर्व व्यापारीहरुको हक हितको लागि काम गर्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघलाई व्यापारीहरुको साथ भएमा चन्द्रौटामा हरेक समस्यालाई समाधान गर्न सक्ने आधारहरु रहेको जिकिर गर्नुभयो ।
नेकपा एमालेको जगत पौडेल,काग्रेसका करम हसेन ,माओवादी केन्द्रका दिनेश पुन,एकिकृत समाजवादीका सरोज पौडेलले नया समितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा पारस मणि पाण्डे , उद्योग उपाध्यक्ष मकबुल ,वाणिज्य उपाध्यक्ष दमन प्रसाद क्षेत्री , महासचिवमा राजकुमार यधा क्षेत्री र सचिवमा कपिल देव खनाल चयन हुनुभएको छ ।
यस्तै कोषाध्यक्षमा यज्ञ प्रसाद पाण्डे र सहकोषाध्याक्षमा दर्लजन केसी ,सदस्यहरूमा आश्मा अहमत, यमुना शर्मा, रबिसेन ओली , माधव घिमिरे , अब्दुल रहमान, रामचन्द्र केसी, मधु सिग्देल, श्यामलाल बञ्जाडे, लाल मोहम्मद पठान चयन हुनुभएको थियो ।
पदभार तथा सपथ ग्रहण पश्चात संघको कार्यसमितिको वैठकले तीन उपाध्यक्ष र एक सहसचिवलाई मनोनयन गरेको छ । उपाध्यक्षमा विरेन्द्र जयसवाल(विजय),सरोज पौडेल र विष्णु गुप्ता मनोनयन गरिएको अध्यक्ष ईश्वरी पाण्डेयले बताउनुभयो । त्यस्तै सहसचिवमा सन बहादुर सारुलाई मनोनयन गरिएको उहाँले बताउनुभयो ।