चन्द्रौटा तिज महोत्सवमाको दसौं दिन कलाकारको प्रस्तुतिसगैं ,तिज गित प्रतियोगिता सुरु


कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा संचालित तिज महोत्सवको दसौं दिन (आज) आधादर्जन वढि राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । आज चर्चित लोक तथा दोहोरी गायकिा सिन्दु मल्ल, गायक गणेश अधिकारी , लोक गायिका अनु राना ,वाल कलाकार एक्टिमा परियार ,हाँस्य कलाकार अर्जुन कुंवर लगायतका कलाकारको बेजोड प्रस्तुति प्रस्तुत भएको छ ।

साथै तिज डान्स आइंडलमा हिंजोको प्रस्तुति र हिजों शुक्रबार परेको भोटको आधारमा एक जना आईडलबाट बाहिरीको आयोजकले जनाएको छ साथै आजदेखि खुल्ला तिज गित प्रतियोगिता समेत सुरु भएको छ भएको छ। साथै भोलि चर्चित लोक तथा दोहोरी गायकिा शिलु भट्टराई, गायक दिपक भण्डारी ,शर्मिला अर्याल ,दुर्गा नेपालको प्रस्तुति रहनुका साथै काठमाडौं डान्स ग्रुपको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा भदौ १४ गतेसम्म संचालन हुने छ ।हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा तिज महोत्सव २०७९ सूरु भएको महोत्सवले पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने विश्वश लिईएको छ ।

धेरै पढिएको

ताजा समाचार