संविधान जलाएर विरोध गर्ने जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ


 

काठमाडौँ-
संविधान दिवसको दिन संविधान जलाएर विरोध गर्ने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ परेका छन्।

सोमबार माइतीघर मण्डलामा मोर्चाका कार्यकताले संविधान जलाएका थिए। ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो। संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संविधानको संज्ञा दिएको छ।

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि गरेको छ।

 

धेरै पढिएको

ताजा समाचार