ट्राफिक प्रहरीद्धारा ४५ सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण


कपिलवस्तुजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुल ४५ जना सवारी चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकहरूको स्वास्थ्य परिक्षण तथा जन चेतनामुलक कार्यक्रम गर्ने उदेश्यले ।जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुको आयोजना शिवराज जेसिजको सहयोग र संजिबनी अस्पतालको प्राविधिक सहयोगमा विहिबार चन्द्रौटामा सवारी चालकको स्वास्थ्य परिक्षणमा ४५ जना चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको जिला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिना ले जानकारी दिनु भयो ।

चाडवाडको समय नजिकिदै गर्दा ट्राफिक प्रहरीले स्वास्थ्य परीक्षणसगैं सुरक्षित यात्राका लागि चालक, सह–चालकलाई दिएका काउन्सेलिङ्गले यात्रा सुरक्षित बनाउनको अझै सहज वातावरण सृजन ागर्ने लुम्विनी प्रदेश सांसद अर्जुन कुमार के सीले बताउनु भयो । ट्राफिक प्रहरीको पहल नियमको पालनाले ठूलो मात्रामा हुँदै आएको धनजनको क्षतिलाई जोगाएको बताउनु भयो ।

चाड पर्वलाई लक्ष्ति गर्दै ट्राफिक कार्यालयले सवारी चालक तथा सह चालकलाई लक्षित गरी स्वास्थ्य परिक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकको स्वास्थ्य परिक्षण गर्नुका साथै उनिहरुलाई विभिन्न प्रकारका परामर्श दिईएको जिला ट्राफिक कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र तिमिल्सिना ले जानकारी दिनु भयो । परिक्षणका क्रममा अधिकाशंलाई उच्च रक्तचाँप (ब्लड प्रेसर) को समस्या देखिएको प्रमुख तिमिलसिनाले बताउनु भयो । लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परिक्षणमा समस्या देखिएकाले ट्राफिक प्रहरी आफैले स्वास्थ्य शिविरको आयोजना गरेको उहाँले जानकरी दिनु भयो ।
निशुल्करुपमा आफुहरुले स्वास्थ्य परीक्षण गराउनु सुखद् भएको भन्दै चालक अत्यन्तै हर्षित भएका थिए ।

धेरै पढिएको

ताजा समाचार