कपिलवस्तु-
चाडपर्वको अवसरमा उपभोक्ता दैनिक जसो ठगिएका छन अन्य सहरमा चाडपर्व लक्षित सुपथ मुल्य पसल खुलेका छन तर यता कपिलवस्तुमा नत अनुगन नत निर्देशन त्यसैले महंगि बजार बनेको छ । ब्यापारीहरुको संगठित संसथाहरु मौन रहेका छन सिमा नाका नजिकै रहेको कपिलवस्तुमा झनै उपभोक्ता ठगिएका छन तर यता कपिलवस्तु जिल्लामा रहेका उद्योग वाणिज्य संगहरुले संयुक्त औपचारीकता निभाउन भन्दै आज उपभोक्ता सचेतना कार्यक्रम गरेका छन ।
चाडपर्वको अवसरमा झनै ठगिने भन्दै उपभोत्ताहरु नेपाली बजार छाडेर भारतिय बजारमा किनमेल गर्न पुग्छन । उपभोक्ता सचेतनामुलक कार्यक्रममा हिडेको टिमलाई नत नत कारोवार स्थलमा राखिएका साईनवोर्ड, ,नत मुल्य सुचि, न त प्याकिङ सामागी्रको खुद्रा मुल्यमा चासो , न त प्याकिङ सामानको लेवल, उत्पादकको नाम न त वस्तुको ब्याच नम्बरमा नै चासो , मात्रै औपचारीकता निभाउनै उपभोक्ता सचेतना कार्यक्रम ।
खाख गरी उपभोक्ता सचेताना कार्यक्रममा उपभोक्ताको हितको लागि गरीने भए पनि संयुक्त रुपमा जिल्लाका तिन वटा सस्थाले एकै पटक औपचारुकिता त पुरा गरे तर उपभोक्ताको हितको लागि भने हुन सकेन ।
ब्यापारीहरुले कृतिम अभाव र कालोबाजरी गर्दा दैनिक उपभोग्य बस्तुको अत्याधिक मूल्य बृद्धि भएको छ । मूल्य बृद्धि नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिनको साटा उपभोक्ता सचेतनामुलक कार्यक्रम औपचारिकतामै सिमित भएको उपभोक्ताहरु टिप्पणी गरेका छन् ।
दसैको लागि आवश्यक किनमेल लगभग सके पछि चर्चा कमाउन र औपचारिकता निर्वाह गर्नका लागि मात्र उक्त कार्यक्रम भएको उपभोक्ताहरुले टिप्पणी गरेका छन ।
उपभोक्ता सचेतनामुलक कार्यक्रम भन्दै तामझाका साथ ब्यानर र तिनबटै संघका पदाधिकारीहरु सहितको कृष्ण नगर पुगे तर उपभोक्ताको लागि भने कुनै प्रभावकारीता देखिदैन ।कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले ,उपाध्यक्ष दमन भाट क्षत्री (नारायण) ,सदस्य राम चन्द्र के सी (विराट) , कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे,बुद्धभुमि उद्योग वाणिज्य संघका पदाधिकारीलगायतको टिम उपभोक्ता सचेतना मुलक कार्यक्रममा सहभागि थिए ।