काग्रेस शिवराजद्वारा शुभकामना आदान प्रदान


कपिलवस्तु- नेपाली कांग्रेस शिवराज नगरपालिकाले दशै, तिहार, छठ पर्व र मोहम्मदडे को अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दुर्गा मन्दिर चन्द्रौटामा शुक्रवार भएको कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तु जिल्ला उपसभापति हुमकान्त खनालले काँग्रेसका हरेक कार्यकर्ता पार्टी प्रति इमान्दार, वफादार र नैतिकवान हुनु पर्ने बताउनु भयो । उपसभापति खनालले शिवराज नगरपालिका मात्र नभई नेपाली कांग्रेसको कार्यकर्ता क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो ।

देशमा केही व्यक्तीको गलत प्रविर्ती र कार्यबारे सबै जनता ज्ञात रहेको बताउँदै खनालले भन्नु भयो’ काँग्रेसले कुनै पनि ठाउँमा कमि कमजोरि नगरी पार्टीका हरेक तहका संगठन विस्तारमा र जनसेवामा लाग्न जरुरी छ ।’ कांग्रेसका नेता तथा कार्यकर्तालाई शुभकामना दिदै खनालले आयोजकलाई धन्याबाद दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव प्रेम बहादुर रायमाझी, जिल्ला सदस्य तथा प्रवक्ता इश्वरी पाण्डे, जिल्ला सदस्य हरि प्रसाद पोखरेल, महासमिती सदस्य जमशेर अलि मियाँ, पुर्व जिल्ला सचिव विनोद नेपाल लगायतले दशै तिहार, छठ पर्व, मोहम्मद डे को शुभकामना दिदै कांग्रेसका हरेक कार्यकर्ता क्षमतावान र नैतिकवान रहेको बताउँदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल हुने बताएका थिए ।

सो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा इकाई सभापती, नगर सदस्यहरुको सहभगीता रहेको थियो । नेपाली काँग्रेस पार्टीलाई थप सशक्त बनाउनका निम्ति संगठन विस्तारमा जुट्न आह्वान गर्नुभयो । शिवराज नगर समिति सभापति मधु सुदन पोखरेलको सभापतित्वमा भएको कार्यक्रम सचिव विष्णु पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

धेरै पढिएको

ताजा समाचार