
काठमाडौं – पछिल्लो समय नेपालमा डेंगी रोगको प्रकोप बढ्दै गएको छ ।डेंगीका कारण यो वर्षको साउनयता हालसम्म ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएको छ ।
डेंगी रोग हाल सातै प्रदेशअन्तर्गतका ७६ जिल्लामा फैलिएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३० हजार १८० जना डेंगी संक्रमित भएका छन् ।
हाल सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् ।डेंगीे एडिस एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेहरूको टोकाइबाट सर्ने गर्छ । त्यसैले यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने मन्त्रालयले जनाएको छ ।