एमाले सरकार आउँदा बृद्धभत्ता जस्तै पोषण भत्ता पनि बढ्छ:उम्मेदवार के सी


कपिलवस्तु-कपिलवस्तु क्षेत्र न ३(१) का उम्मेदवार अर्जुन कुमार के सीले आफनो निर्वाचन क्षेत्रमा दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जनताकै पक्षमा काम गर्ने बताउनु भयो ।

कपिलवस्तुको शिवराज २ मा भएको वडा भेलाला सम्बोधन र्गे एमालेको सरकारको पालामा एकै दिन ७५ वटा अस्पताल शिलन्यास भएको बताउनु भयो ।
दुरगामि तथा गरीवका बस्तिका नागरीक बच्चाहरु लाई मध्य नजर गर्दै लाई पोषण युक्त खाना खान सकुन भन्दै पोषण भत्ता सूरु गरेको बताउनु भयो । ४०० रुपैया भत्ता दिएर युगान्तकारी कदम चालेको एमालेले अब फेरी एमालेको सरकार आए पछि १०० बाट सुरु गरेको वृद्धभत्ताको वृद्धि गरे ४ हजा र पुराए जस्तै गरेर पोषण भत्ता पनि ४ हजार पुराउने निति पनि अविलम्ब कदम चाल्ने बताउनु भयो ।

५ वर्षको कार्यकालमा विकास र परिर्वनका लागि प्रदेश सरकारले अधिक निति बनाएको भन्दै अवको कार्याकालमा कार्यन्वयनको समय रहेको बताउनु भयो । आगामि दिनमा यस क्षेत्रलाई चिनारीको रुपमा फैलाउन पर्यटकिय क्षेत्रमा उल्लेख्य काम गर्ने बताउनु भयो ।

२०७४ को निर्वाचनाम प्रदेश सांसदको रुपमा निर्वाचित भएपछि यस क्षेत्रको विकास र परिर्वनको लागि मुख्य प्राथमिकतामा काम गरें केहि अधुरा योजना छन आफैँले पहिले सुरु गरेका काम पूरा गर्नुपर्छ साथै नया योजना ल्याउँछु उहाँले भन्नु भयो ।

धेरै पढिएको

ताजा समाचार