युवा व्यवसायिहरुद्धारा चन्द्रौटामा ओदान रेष्ट्रो संचालन


कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा ओदान रेष्ट्रो संचालनमा आएको छ । वडा प्रहरी कार्यालय अगाडी रहेको पुरानो शिवराज रेष्टुरेण्टलाई आर्कषक व्यवस्थापन र परिवर्तन सहित नयाँ नाम ओदान रेष्ट्रो बाट संचालनमा ल्याइर्एको हो । आज प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले रीवन काटेर रेष्ट्रोको विधिवत रुपमा उद्घाटन गर्नुभएको छ ।

युवा व्यवसायिहरु सुनिल गैरे, शिशिर पोख्रेल र विष्णु पाण्डले सामुहिक रुपमा रेष्ट्रो संचालनमा ल्याएको बताउदै चन्द्रौटा क्षेत्रमा अलि फरक ढगँबाट सेवा दिने उदेश्यले अगाडि बढेको बताउनुभएको छ ।

प्रदेश शभा सदस्य केसिले व्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो । रेष्ट्रोको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नेत्र बेल्बासे, व्यापार सघं केन्द्रिय सदस्य महादेव पोख्रेल लगायत उद्योगि व्यवसायिहरुको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार