
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ को वडा कार्यालयको भवन शिलान्यास भएको छ ।
नगर प्रमुख अजय, वडा अध्यक्ष अनुप चौधरी, र जग्गा दाता प्रमात्मा प्रसाद चौधरी स-पत्नीले संयुक्त रूपमा करकमलबाट भवनको शिलान्यास गरेका हुन्।
कार्यक्रममा नगर प्रमुख अजयले वडा कार्यालय भवन निर्माणले नागरिकलाई प्रभावकारी सेवा प्रवाहमा सहयोग पुग्ने बताउँदै शिवराज नगरपालिकाले विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउनु भयो । उहांले वडा कार्यालय भवन समयमै सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने बताउनु भयो ।
वडा अध्यक्ष अनुप चौधरीले वडा कार्यालय भवन स्थानीय सरकार र जनताको बीचको सम्बन्ध मजबुत बनाउने आधारशीला भएको बताउनु भयो । वडाको आफ्नै भवन निर्माणले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने बताउनु भयो । साथै, उहांले भवन निर्माणका लागि जग्गा दान गर्ने प्रमात्मा प्रसाद चौधरी र उहांकी पत्नीप्रति धन्यवाद ज्ञापन गर्नु भयो।
जग्गा दाता प्रमात्मा प्रसाद चौधरीले स्थानीय विकासमा योगदान दिन पाउँदा गर्व महसुस भएको बताउनु भयो ।
नयाँ भवन निर्माणपछि शिवराज वडा नं. ७ ले थप व्यवस्थित र गुणस्तरीय सेवा प्रवाह गर्न सक्षम हुने आशा गरिएको छ।
यस अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता, समाजसेवी र स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।