शिवराज ३ मा एमालेको शोक सभा


चन्द्रौटा -शिवराज नगरपालिका वडा नम्बर ३, खरेन्द्रपुर निवासी नेकपा एमालेका शुभचिन्तक रविलाल भण्डारीकी बुहारी र दधिराम भण्डारीकी श्रीमती सुन्तली भण्डारीको ५८ वर्षको उमेरमा भएको असामयिक निधनले नेकपा एमालेले शोक सभा गरेको छ  ।

दिवंगत आत्माको चीर शान्ति र शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्न एमाले शिवराज वडा नम्बर ३ कमिटीको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।

वडा कमिटी अध्यक्ष नर बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न  शोक सभामा  एमाले प्रदेश सदस्यले नेत्रराज अधिकारीले शोकमा डुबेका परिवारलाई धैर्य धारण गर्न प्रेरित गर्दै स्वर्गीय सुन्तली भण्डारीको योगदानको स्मरण  गर्नु भएको थियो ।

एमाले  प्रदेश सदस्य अर्जुन कुमार केसीले मृतक  भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारलाई यो कठिन परिस्थितिमा धैर्य र शक्ति मिलोस् भन्ने कामना गर्नु भएको थियो ।

शोक सभामा एमाले  जिल्ला  सदस्य जगत पौडेल,एमाले  शिवराज अध्यक्ष महादेव पोखरेलसहित एमालेका विभिन्न नेता, कार्यकर्ता, र शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको  थियो ।

धेरै पढिएको

ताजा समाचार