शिवराज ३ मा निशुल्क आँखा शिविर ,५ सय १९ जनाको आँखा जांच


कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर शिबराज नगरपालिका वडा नम्बर ३ को समन्वय तथा छन्द कालेबावु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको थियो ।शिविरमा ५१९ जनाले आफ्नो आँखा जाँच गराएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो ।

जसमध्ये २१९ जनालाई चश्मा वितरण गरियो भने ७३जनाको मोतियाविन्दुको अपरेशन गर्नुपर्ने अवस्था देखिएकोले उनिलहरुलाइ निशुल्क अप्रेसनका लागि आइतबार बहादुरगन्ज पठाइने चनइ स्वास्थ चौकी खरेन्द्रपुरका प्रमुख जितेन्द्र बि.सिले जानकारी दिनु भयो ।

नगरमै सबै भन्दा धेरै जनाको सहभागीता रहेको बताउदै शिविरले स्थानीय वडावासिलाइ सहज रूपमा आँखा उपचारमा सहयोग पुर्‍याएको भन्दै शिविरलाई निरन्तरता दिइने सापकोटाले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार