८ फाल्गुन २०८१ कपिलवस्तु
प्रेस चौतारी नेपाल जिल्ला शाखा कपिलवस्तुको पहिलो बैठकलाई सम्बोधन गर्दै पार्टीले संचालन गरेको जरा केन्दि«त अभियानमा सबै लाग्नुपर्ने नेकपा ऐमाले जिल्ला कमिटि सचिव तथा प्रचार विभाग प्रमुख सिबि गहतराजले बताउनु भयो । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटामा आयोजित पहिलो बैठकमा प्रेस चौतारीले पार्टीका कार्यक्रमहरुलाई प्रथमिक्ताका साथ प्रचार प्रसार गर्नुपर्ने नेकपा ऐमाले जिल्ला कमिटि सचिव तथा प्रचार विभाग प्रमुख गहतराजले जोड दिनुभयो । बैठकले माघ १६ गते सम्पन्न जिल्लाको ८ औं अधिवेशन लगायत अधिवेशन पछि अहिले सम्मको रिपोटिङ गर्नुका साथै अधिवेशन सफल पार्ने निवर्तमान कार्यसमिति, प्रेस चौतारी प्रदेश इन्चार्ज, केन्द्रीय निर्वाचन आयोग अध्यक्ष तथा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ ।
नेकपा एमालेको राष्ट्रिय रुपमा संचालित जरा अभियान वडा केन्द्रित अभियान कपिलवस्तुमा सफल पार्नका लागि जिल्लाका सबै पालिकामा समाचारका लागि सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड समेत गरेको छ । त्यस्तै बैठकले संगठनका आगामी कार्ययोजना निर्माणका लागि अध्यक्ष बाबुराम रायमाझीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
बैठकले प्रेस चौतारी नेपाल कपिलवस्तुका सदस्य दुर्गा प्रसाद काफ्लेको निधन प्रति शोक प्रस्ताव पारित गर्नुका साथै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरिएको छ । साथै उहाँको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गर्नुका साथै चौतारीको टोलीले उहाँको निवासमै गई २० हजार रूपैया आर्थिक सहयोग गरेको छ । नेपाल पत्रकार महासंघबाट १० हजार, लुम्बनी दर्पर्ण साप्ताहिकबाट ५ हजार र चन्द्रौटा क्षेत्रका पत्रकारहरुबाट ११ हजार गरी जम्मा ४६ हजार प्रर्दान गरिएको थियो ।
बैठकमा प्रेस चौतारी जिल्ला इन्चार्ज राम प्रकट कोरी, संगठनका प्रदेश कार्यवाहक महासचिव हरि अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य जगत पौडेल, प्रचार विभाग प्रदेश सदस्य शरद अधिकारी, प्रेस चौतारी प्रदेश सदस्य कमल बिष्ट लगायतले सम्बोधन गर्नुभएको थियो ।
बैठकमा एजेन्डा प्रस्तुत गर्दै जिल्ला अध्यक्ष रायमाझीले अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गराउनुहुन सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गर्नुभएको थियो ।
संगठनका निवर्तमान अध्यक्ष जानु पाण्डे, प्रदेश प्रतिनिधि, केन्द्रिय प्रतिनिधि, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको बैठक जिल्ला सचिव संजिव गहतराजको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रेस चौतारी नेपाल कपिलवस्तुको पहिलो बैठक सम्पन्न, कुल ४६ हजार आर्थिक सहयोग

© 2025 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech