चन्द्रौटामा भूमि सभा तथा अन्तरक्रिया कार्यक्रम

कपिलवस्तु – राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, कपिलवस्तुद्वारा चन्द्रौटामा भूमि सभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा  राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, कपिलवस्तुका अध्यक्ष झवी पोख्रेलले भूमिहीन तथा सुकुम्बासीहरूको हक सुनिश्चित गर्न सरकार गम्भीर  भएर लागेको बताउनु भयो ।अहिलेको आयोगले    भूमिहीनहरूको समस्या समाधान  गर्ने गरि लागेको बताउनु भयो ।

नेपाली कांग्रेस शिवराज नगर सभापति मधु पोख्रेलले भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दलहरूले साझा एजेन्डा बनाउनुपर्ने बताउनु भयो । भूमिको समस्या  देखाउने  र राजनीति  गर्ने  कुनै पनि पार्टीको   प्रवृत्ति  राम्रो  नभएको  बताउनु भयो  ।  जाग्जा सम्बन्धी समस्याहरू समाधान गर्न दलहरूबीच एकता आवश्यक  हुने बताउनु भयो ।

नेकपा (एमाले) शिवराज नगर अध्यक्ष महादेव पोख्रेलले सरकारको नीति प्रभावकारी रूपमा कार्यान्वयन भए मात्र भूमिहीनहरूले हक प्राप्त गर्ने बताउनु भयो । भूमि व्यवस्थापनको योजना कार्यान्वयन गर्न यो सरकारले जसरी  पनि गर्नु पर्छ  नत्र सुकुम्बासीहरू सधैं अन्यायमा पर्नेछन् उहाँले भन्नू भयो।

शिवराज नगरपालिका वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटाले स्थानीय सरकार भूमिहीन तथा सुकुम्बासीहरूको पक्षमा सकारात्मक रहेको भन्दै तत्काल समस्या समाधानका लागि पहल भइरहेको बताउनु भयो ।सुकुम्बासी बस्तिमा बिकास  सधै गरेको बताउनु भयो ।

जनता समाजवादी पार्टीका नेता रहिश शाहले भूमिहीनहरूको समस्या समाधानका लागि स्थानीय सरकारदेखि संघीय सरकारसम्म दबाब दिन जरुरी  रहेको  बताउनु भयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा स्थानीय भूमि अधिकारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

धेरै पढिएको

ताजा समाचार