काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनाङबाट उम्मेदवार रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
एमालेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवार फिर्ता लिएका हुन् ।
एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउनका लागि उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।
यसैगरी राप्रपाका गुरूङले पनि काँग्रेस उम्मेदवारलाई नै सहयोग गर्न उम्मेदवारी फिर्ता लिएका हुन् ।









