व्यक्तिगत स्वार्थभन्दा सामाजिक विकासमा जोड दिनुपर्ने : वडा अध्यक्ष कुर्मी


कपिलवस्तु, कार्तिक ४।

कपिलवस्तु नगरपालिका वडा नं. ७ बर्गदवामा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष इन्द्रमणि कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी पशुपति बढाई प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता अजय चौधरीले गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुर्मीले व्यक्तिगत लाभभन्दा सामाजिक विकासलाई प्राथमिकता दिन सबैलाई आग्रह गर्नुभयो। उहाँले दशैं नेपालीहरूको प्रमुख पर्व भएकाले सबै जातजाति, धर्म र वर्गका मानिसलाई आपसी सद्भाव र मेलमिलापका साथ पर्व मनाउन अनुरोध गर्नुभयो।

त्यस्तै, प्रमुख अतिथि पशुपति बढाईले चाडपर्वले समाजलाई जोड्ने काम गरेको बताउनुभयो। उहाँले यस्ता पर्वले विभिन्न समुदायका मानिसबीच आपसी सम्बन्ध, भाइचारा र सद्भाव बढाउन सहयोग गर्ने धारणा राख्नुभयो। उहाँले समाजमा एकता कायम राख्दै विकासका काममा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए। साथै, समाजमा शान्ति, सद्भाव र एकता कायम राख्दै सामुदायिक विकासमा सबैले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।कार्यक्रममा २५० जना स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

धेरै पढिएको

ताजा समाचार