
केशव बेल्वासे, चन्द्रौटा – कपिलवस्तुको शिवराज नगरपालिकामा निशुल्क शिक्षाका नाममा नगर बाहिरका विद्यार्थिलाइ एक किसिमको सिन्डिकेट लगाइएको भन्ने जनगुनासो व्यापक रुपमा आउन थालेको छ । निर्वाचित भएपश्चात् पहिलो दिन कार्यालयमा पदभार ग्रहण गर्दै नगर प्रमुख अजय थापाले माध्यमिक तहसम्मको शिक्षा निशुल्क गर्ने निर्णय गरेका थिए । तर अहिले निशुल्क शिक्षाको नारा दिदै कक्षा ११ मा नगर भन्दा बाहिरका विद्यार्थीलाइ कुनै पनि विद्यालयले भर्ना नलिएको विद्यार्थिको गुनासो छ ।
अर्घाखाँचिबाट कक्षा ११ अध्ययन गर्न चन्द्रौटा आएका एक जना विद्यार्थी सोमबार भर्नाका लागि शिवपुरमा रहेको नेपाल आर्दश नमुना माध्यमिक विद्यालयमा पुग्दा त्यहाँ भर्नाका लागि बसेका शिक्षकले नगर बाहिरका विद्यार्थीलाइ भर्ना नलिन नगरको निदेर्शन रहेको हुदा भर्ना लिन नमिल्ने जवाफ दिए ।
महारजगंज नगरपालिका पडरीयाका महेन्द्र यादव भाइलाई कक्षा ११ मा भर्ना गराउन नेपाल आदर्श मावि शिवपुरमा पुगे । शिक्षा सङ्काय बाट गणित विषयमा अध्ययन गराउने उद्देश्यले विद्यालय पुगेको यादवको सपना पुरा हुन सकेन । ‘शिवराज बासी नभएकै कारणले नेपाल आदर्श पढाउन नपाउनुमा म दुखित छु, यादव भन्छन् ‘भर्ना गर्न गएको शिवराज बाहिरका विद्यार्थीहरू भर्ना लिइँदैन भनेपछि फर्किए, ।
यादव जस्तै विजयनगरकी कुसुम पाठक पनि बहिनीलाई भर्ना गर्न नेपाल आदर्श पुगिन् । अन्य विद्यालय भन्दा नेपाल आदर्श मा राम्रो पढाइ हुने भएकोले बहिनीलाई कक्षा ११ मा गराउन गएकी पाठक भर्ना नभएपछि फर्किएकी छिन् । ‘बहिनीलाई भर्ना गराउन सरलाई आग्रह गरेकी छु, अहिले नगर बाहिरकालाई भर्ना नगराउनु भन्ने आएको छ, केही दिन पछि आउन भन्नुभयो, पाठकले भनिन् ।
यादव र पाठक जस्ता धेरै अभिभावकहरू भर्ना नभएपछि फकिएका छन् ।
यस्तै यता समयथान माध्यमिक विद्यालयमा भर्नाका लागि फोन मार्फत बुझ्दा प्रध्यानाध्यापक गिरी प्रसाद गैरले नगर भित्रका विद्यार्थिलाइ प्राथमिकतामा राख्ने र नगर बाहिरको विद्यार्थी हो भने भेटेर सल्लाह गर्नुपर्ने जवाफ दिए । यस्तै राष्ट्रिय मा वि चन्द्रौटाका प्रध्यानाध्यापक बलदेब लामिछानेलाइ सम्पर्क गर्दा नगर भित्रका लाइ प्राथमिकता र त्यस पछि बल्ल नगर बाहिरका विद्यार्थी भर्ना गरीने तर अहिले बर्षे विदाले गर्दा सावन १४ गते पछि मात्रै भर्ना सुरु गरीने बताए ।
यसै विषयमा मंगलबार नगर प्रमुख अजय थापालाई ज्ञापनपत्र बुझाउन पुगेको अनेरास्ववियु शिजराज नगर कमिटिको टिमलाइ नगर प्रमुखले पहिलो प्राथमिकतामा नगर भित्रका विद्यार्थि रहेको र विद्यालयको निश्चित कोटा रहेको बताएको अनेरास्ववियु जिल्ला सदस्य पुजा विकले जानकारी दिइन ।
तर कुनै पनि विद्यालयले हालसम्म कोटा भने सार्वजनीक गरेका छैनन । यदि कोटा प्रणलि नै हो भने प्रवेश परीक्षा मार्फत विद्यार्थि भर्ना लिनुपर्ने बताइन । बुटवल, काठ्मान्डौका नाम चलेका अक्सफोड विद्यालयले समेत विभिन्न ठाउँबाट उत्कृष्ट विद्यार्थीलाई खोजि खोजि लिने गर्दछ तर हाम्रो नगरमा नगर बाहिरका विद्यार्थी भर्ना नलिनु शिक्षामा सिन्डिकेट र संविधानमा उल्लेखित अधिकारकै हनन भएको पुजाको भनाइ छ ।
शिवराज नगरपालिका भित्र स्थानिय सरकार मार्फत माध्यमिक तहलाई निस्शुल्क शिक्षा लागू गरिएको कुरा स्वागतयोग्य भएता पनि एकातिर निस्शुल्क शिक्षा लागू गर्ने अर्कोतर्फ शिवराज नगरपालिका भन्दा बाहिरका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भनि केहि विद्यार्थीबाट जनगुनासो आएको हुदा त्यसो गर्दा विद्यार्थीले रोजेको विद्यालय, रोजेको विषय, अध्ययन गर्न पाउने अधिकारबाट बन्चित भएको छ ।
नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निस्शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निस्शुल्क पाउनुपर्ने कुरा उल्लेख गरीएको छ ।