चन्द्रौटामा डेगुं तथा आइफुलु रोग नियन्त्रणका लागि रेयाली सहित कोण सभा सम्पन्न


गिता पौडेल –
चन्द्रौटामा डेगुं तथा आइफुलु रोग नियन्त्रणका लागि रेयाली सहित कोण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिकामा अबस्थित आधारभुत स्वास्थ्य सेवा अस्पताको आयोजनामा डेगुं तथा आइफुलु रोग नियन्त्रणका लागि चन्द्रौटा बजारमा रेयाली सहित कोण सभा सम्पन्न भएको छ । रेयालीमा पेलेकार्डमा लामखुटटे नियनत्रण गर्न लामखुटटे बस्ने बासस्थानको खाजेजि गरौं,सफा वातारण बनाऔं भन्ने नारा सहित रेयाली सम्पनन गरिएको थियो ।

कोण सभालाई संबोधन गर्दै शिवराज नगरपालिका प्रमुख अजय थापाले डेंगु तथा आँखा पाक्ने रोग नियन्त्रण बारे बिद्यालयमा अन्तरक्रिया गरिएकाले बिद्यार्थीलाई जानकारी रहेको बताउँदै सरसफाईमा ध्यान दिन अनुरोध गर्नु भएको छ । त्यस्तै शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारुले डेंगु तथा आँखा पाक्ने रोक नियन्त्रण गर्न बिद्याथीर्ले बिशेष पहल गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमलाई संबोधन गर्दै शिवराज नगरपालिका वडा न.५ का वडा अध्यक्ष तथा आधारभुत स्वास्य सेवा अस्पतालका अध्यक्ष नेत्र बेल्बासेले सबैले सरसफाइमा ध्यान दिँदा र यस्को अलो गर्न सके रोगलाई नियन्त्रण गर्न सकिने बताउनु भयो । रेयालीमा राजनैतिक दलका प्रतिनिधि,संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,उद्योगी,ब्यापारी शिक्षक,बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार