शिवराज ९ मा अनेम संघ वडा कमिटीको अध्यक्षमा बिष्ट


कपिलवस्तु –
नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल महिला संघ शिवराज नगर कमिटिले वडा नं. ९ को वडा कमिटि गठन गरेको छ । शनिबार भएको भेलाले दलकुमारी बिष्ट अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अमृता सुनार, सचिवमा ईन्द्रा बोहरा, सहसचिव सरु मगर र कोषाध्यक्षमा सिल्पा थापा रहेका छन ।

त्यसैगरी सदस्यहरुमा उसा पुन, गिता जि.सि, द्धारीका कुँवर, चमिला खत्रि, सृजना अर्याल, रेश्मि अधिकारी, कविता शाहि, गोमा बिष्ट, राधा थापा लगाएत रहेको छन् । साथै भेलाले ३ सदस्यिय सल्लाहकार समिती समेत गठन गरेको छ । समितीमा अंम्बिका मल्ल, मिना सोति, बिष्णु पौडेल रहेका छन ।

नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना दिदै अनेम संघ पुर्व केन्द्रिय सदस्य एवम जिल्ला कमिटी सदस्य शिवकुमारी थारुले अनेम संघ महिलाको हक र अधिकारलाई सदैव अग्रस्थानमा राखेर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेब पोख्रेल, पार्टिका नेता तथा अनेम संघका नेता कार्यकर्ताको सहभागिता रहेको कार्यक्रम अनेम संघ वडा कमिटी अध्यक्ष बिष्णु पौडेलको अध्यक्षता तथा अनेम संघ नगर सचिव कमला डुम्रेको संचालनमा सम्पन्न भएको हो ।

 

धेरै पढिएको

ताजा समाचार