
श्री रुपन्देही लिलाराम स्कूलमा स्तन क्यान्सर जागरूकता कार्यक्रमको आयोजन श्री रुपन्देही लिलाराम माध्यमिक विद्यालयमा “स्तन क्यान्सर जागरूकता कार्यक्रम” आयोजना गरिएको छ। बास रूपन्देहीको आयोजना र डिल्लीमाया फाउन्डेसनको सहकार्यमा स्तन क्यान्सर सम्बन्धि जनचेतना मूलक कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा प्रशिक्षक डा. संजय पाण्डेयले, स्तन क्यान्सर हुनुका कारण र बच्ने उपाएका बारेमा जानकारी दिए । क्लब प्रेसिडेन्ट मिस सिमरत कौरले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमको सन्चालनमा हातेमालो गरि अघि बढ्ने बताईन्। कार्यक्रममा कुल १०५ सदस्यहरूको सहभागिता थियो, जसले स्तन क्यान्सरको बारेमा जानकारी ल्याउने लक्ष्यमा थियो।