नेपाल पब्लिक क्याम्पस सघं लुम्बिनी प्रदेशको अधिवेशन हुने भएको छ । यहि असौज २० गते सिद्धार्थ क्याम्पस सभाहल, बाणगंगा कपिलवसतुमा हुने अधिवेशनमा लुम्बिनी प्रदेश भित्रका पब्लिक क्याम्पसका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक इकाई अध्यक्षहरुको सहभागिता रहने नेपाल पब्लिक क्याम्पस सघं लुम्बिनी प्रदेशले जनाएको छ ।
अधिवेशनको उद्धघाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्रि डिल्ली बहादुर चौधरीले गर्ने कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका तर्फबाट समसामयिक बिषयमा अभिमुखिकरण कार्यक्रम समेत रहेको नेपाल पब्लिक क्याम्पस सघं लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।