संविधानसभा सदस्य शान्ति हरिजनसहित कपिलवस्तुका एमाले कार्यकर्ता माओवादीमा प्रवेश


काठमाडौं । संविधान सभा सदस्य तथा एमाले नेतृ शान्तिदेवी हरिजनसहित कपिलवस्तुका एमालेका कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । हरिजनलाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

उनी २०७० को संविधानसभामा एमालेबाट समानुपातिक सभासद् थिइन् ।हरिजनसँगै एमाले कपिलवस्तु जिल्ला  सदस्य रामविलास यादव, एमाले कृष्णनगरका पुर्व अध्यक्ष  सन्दीप मौरिया, अधिकारकर्मी एवं प्राध्यापक सञ्जयकुमार पासीलगायत नेता कार्यकर्तालाई प्रचण्डले पार्टीमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकमा अस्थिरता निम्त्याउने शक्ति सल्बलाइरहेकाले उत्पीडित समुदाय एक हुनुपर्ने बताए ।पार्टीमा प्रवेश गर्नेलाई उचित जिम्मेवारी र भूमिका दिइने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

धेरै पढिएको

ताजा समाचार