बालविवाह अन्त्यका लागि बालसंरक्षण प्रवर्धन कार्यक्रम अन्तरगत शिवराजमा लैङ्गिक समानताका लागि पुरुष सहभागिता सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र युनिसेफ नेपालको सहकार्यमा सञ्चालित कार्यक्रममा शिवराज नगर भित्रका युवा तथा अगुवा वर्गको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिदार्थ सामाजिक विकास केन्द्रका मनोसामाजिक बिमर्शकर्ता सान्ति पण्डित र तापस मिश्रले सहजिकरण गर्दै समाजमा रहेका विभिन्न प्रथा र त्यसको प्रभाव, समाजमा लैङ्गिक समानताको अवस्था, र लैङ्गिक समानताका लागि चाल्नुपर्ने भुमिकाका बिषयमा छलफल भएको थियो । छलफलमा सहभागिहरुले आ आपनो समाजको अवस्था र आफ्ना भोगाइहरु सुनाउदै लैङ्गिक समानताका लागि अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन । कार्यक्रममा पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याको समस्याको कारण र समाधानका उपायका बिषयमा पनि छलफल भएके थियो ।
लैङ्गिक समानता कायम गर्न समाजमापुरुषको भुमिका के हुने भन्ने विषयमा सहजिकरण गर्दै समाजमा हेपिएका पुरुष तथा महिलालाई कसरी अगाडि ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । सिदार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले जिल्लाभरका विभिन्न विद्यालयमा रुपान्तरण कार्यक्रम संचालन गर्दै विद्यार्थी र किशोर किशोरीको क्षमता विकासका काहरु गर्दै आएको छ ।