काठमाडौँ – जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको छ । भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।
भूकम्प अपडेट : जाजरकोटमा मात्र ८६ जनाको मृत्यु
भूकम्पमा परेर जाजरकोटमा ३० जना घाइते भएका छन् । सामान्य घाइतेहरूको संख्या धेरै रहेको डिएसपी रोकाले बताए । घाइतेहरू मध्ये २२ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ । ८ जनालाई सुर्खेत रिफर गरिएको छ ।
© 2025 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech