कपिलवस्तु चेम्बर वहुउदेश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । चेम्बर सभाहलमा सम्पन्न साधारण सभामा सहकारीको १ करोड ३८ लाख ६ हजार ८४० रुपैँया बराबरको आय व्यय शार्वजनिक गर्दै चेम्बर वहुउदेश्यीय सहकारीका अध्यक्ष जगत प्रसाद पौडेलले सहकारीलाई उत्पादनमा जोड दिने बताउनु भएको छ ।
सहकारीको कार्यक्षत्र बिस्तार गर्दै उत्पादन र उत्पादित समग्रिको बजारीकरणमा सहयोग गर्दै आएको बताउनुभयो । विभिन्न निकायसंगको सहकार्यता र समाजप्रतिको उत्तरदायित्वलाइ ध्यानमा राखेर अगाडि बढाउने र लगानी र उत्पादनमा जोडदिने बताउनुभयो । अध्यक्ष पौडेलले चेम्बर सहकारीले शिवराजका विभिन्न ठाउँमा दुना टपरी उद्योग संचालन गरी महिलाहरुलाइ रोजगारी र आत्म निर्भरतामा जोड दिएको पनि बताउनु भयो ।
यस्तै कार्यक्रममा प्रदेश शभा सदस्य अर्जुन कुमार केसिले सकहारीलाइ बचत संकलन गर्ने मात्र नभएर सेवा मुलक, उत्पादन मुलक र आय मुलक बनाउन आग्रह गर्नुभयो । दुइ पैसाको लोभमा सहकारीमा पैसा जम्मा गर्दा लाखौँ रुपैया डुबेको र धेरैको बिचल्ली भएको बताउदै सहकारीलाइ विश्वासिलो तरीकाबाट अगाडि बढाउन आग्रह गर्नुभयो ।
उत्पादनसिल सहकारीले देशको अर्थव्यवस्था मजबुत बनाउने र विदेशबाट जति पैसा आएपनि देश धनी हुन नसक्ने बताउदै देश धनी हुन प्रत्येक व्यक्ति उत्पादनमा जोडिनुपर्ने र देश आफैमा चलायमान हुनुपर्ने प्रदेश शभा सदस्य केसिले बताउनु भयो ।
कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष तथा व्यापार सघं केन्द्रिय सदस्य महादेब पोख्रेलले सहकारी कृषकलाइ उत्पादमा सहयोग गर्न मल, विउ सहुलियत रुपमा उपलब्ध गराइ बजारीकरणमा सहयोग गर्दै आएको बताउदै आगामि दिनमा उद्योगिक र उत्पादन मुलक तरीकाबाट रोजरमुलक बन्न आग्रह गर्नुभयो । सहकारीका सेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा सहकारीलाइ अझ उत्पादन केन्द्रित बनाउने विषयमा छलफल समेत भएको थियो ।
कार्यक्रममा शिवराज नगर कृषि शाखा प्रमुख ताराचन्द्र चौधरी, वडा नं ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, वडा नं २ का वडा अध्यक्ष राम बहादुर थारु लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।