जिविकोपार्जन सुधारका लागि कुखुरा पालन तालिम


कपिलवस्तु –
कुखुरा विकास फर्म खजुरा, बाँकेको बार्षिक कार्यक्रम अन्तरगत शिवराजमा २ दिने कुखुरा पालन तालिम दिइएको को छ । आज शिवराज नगरपालिका भित्रका कुखुरा पालक किषानहरुको सहभागितामा तालिमको सुरु गरीएको कुखुरा विकास फर्म खजुरा, बाँकेका लेखराज केसिले जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश शभा सदस्य अर्जुन कुमार केसि, शिवराज वडा नं ५ का वडा अध्यक्ष नेत्र बेल्वासे, शिवराज पशु सेवा साखा प्रमुख धनेश्वर खनाल लगायतले तालिमको सुभकामना दिदै तालिम लिएर सफल व्यवसायी बन्न आग्रह गर्नुभयो ।

तालिमलाइ व्यवहारमा उतारेर सो रोजगार बन्न पनि आग्रह गर्नुभयो । एक दिन हैन हरेक दिन, अण्डा र मासु भान्साको सान, सर्वोत्ताम प्रोटिन स्वस्थ जीवन भन्ने नाराका साथ जिविकोपार्जन सुधार खाद्य सुरक्षा तथा गरिवी निवारण कार्यक्रम अन्र्तगत किसानहरुलाइ २ दिने तालिम दिइएको हो ।

तालिममा पशु सेवा विशेसज्ञ राजु पौडेल र कुखुरा विकास फर्म प्रबन्धक सुमन खनालले कुखुराको पालन प्रकिया यसको स्याहार सुसार तथा दाना सम्बन्धि तालिम दिनुभएको हो ।

 

धेरै पढिएको

ताजा समाचार