४६ करोडको लागतमा सुरही खोलामा बन्यो पुल


कपिलवस्तु शिवराज नगरपालिका वडा न १ र ९ को सिमामा रहेको सुरही खोलामा निर्माण सम्पन्न पुल उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको छ । २०७७ असोज १२ गते बाट सुरु निर्माण सुरु भएको उक्त पुल निर्माण सम्पन्न हुनु भन्दा १ वर्ष अगाडि नै सम्पन्न भइ सचलानमा आएको छ । रु ४६ करोड १५ लाख ३० हजारको लागतमा ३६० मिटर लम्बाइमा रहेको छ ।

उद्धघाटन समारोहमा भौतिक पुर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पुरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताउनुभएको छ । मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भ समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने गरेको बताउनुभयो ।

सुरहि खोलाको पुल निर्धारित समय भन्दा एक वर्ष अगावै टुन्डी कन्स्ट्रक्सन प्रालीले सम्पन्न गरेकोले सम्मान पत्रले सम्मान गरिएको छ । ‘धेरै कम्पनीहरुले समयमा काम नगर्दा सम्झौता तोडनुपर्ने अवस्था रहेको छ, मन्त्रालयले कतिपयको सम्झौत तोडिसक्यो, मन्त्री ज्वालाले भन्नुभयो, ‘यस क्षेत्रमा पुल निर्माण भएकोले अब हुलाकी सडक सँग पूर्वपश्चिम राजमार्ग जोडिएको छ, ।’

उक्त पुलको निर्माण कम्पनीलाई सम्मान गर्दै मन्त्री ज्वालाले शिवगढी सहित कपिलवस्तुका जनताको पुल निर्माण पश्चात् जनजीवनमा सहजता हुने बताउनुभयो । विद्यार्थीहरू तथा स्थानीय उत्पादनलाई बजार सम्म पुराउन समेत सहज हुने भएकोले आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङ देखि चन्द्रौटा सम्मको सडक अवस्था जटिल देखिएकोले मर्मत तथा पुन निर्माणको लागि पहल गर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिवगढीका नागरिकको सपना पुरा भएको बताउनुभयो । पुल नहुँदा वर्षातको समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै पुलको निर्धारित समय भन्दा पहिला काम सकेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।

धेरै पढिएको

ताजा समाचार