अरनिको बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभा सम्पन्न


अरनिको बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष दोर्ण प्रसाद उपाध्यायको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिको प्रमुख आतिथ्यतामा सम्पन भएको हो । कार्यक्रममा सस्थाका अध्यक्ष दोर्ण प्रसाद उपाध्यायले सहकारीबाट ऋिण लिएर उत्पादनशिल क्षेत्रमा लगानि गरी स्व रोजगार तथा आत्मनिर्भर बनाउन संस्थाले प्रयास गरेको बताउनु भयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले अरनिको सहकारी संस्थाले उत्कृष्ट सहकारीको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनुभयो । सहकारीले बचत गर्ने बानीको बिकास गरेको बताउदै उत्पादनसिल सहकारीले देशको अर्थव्यवस्था मजबुत बनाउने हुदा सहकारीलाइ उत्पादन मुखि बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा शिवराज नगरपालिका उप प्रमुख शिव कुमारी थारु,मानब अधिकार प्रतिस्ठान कपिलबस्तुका अध्यक्ष बिष्णु प्रसाद खतिवडा,बयापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोखरेल,शिवराज नगरपालिका वडा न.२ का वडा अध्यक्ष राम बहादुर चौधरी,वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटा लगायतले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड् दिनु भयो ।
त्यस्तै हिमपात सानाकिसान सहकारीका अध्यक्ष जिवन केसि,अरनिको सहकारीका पुर्व अध्यक्षहरु सरद अधिकारी,नारायण भाट क्षेत्री लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । संस्थाले साधारण सभाको अवसर पारेर नियमित ब्याज र सावा बुझाउने अर्जन बहादुर पान्डेय,प्रेम बहादुर थापा मगर,टोप बहादुर थापा,दर्गा प्रसाद भुषाल,धर्मदत्त भन्डारी,सिता अधिकारी र उमा कूमारी थारुलाइ संस्थाले सम्मान गरेको छ । नियमित बचत गर्ने सेयर सदस्य दुर्गा प्रसाद बेल्बासे,नियमित बचत गर्ने कोशलराज न्यौपाने,र सरीता खनाललाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रममा सस्थाका पदाधिकारी,सदस्य,लेखा समिति सदस्यहरु तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र आचार्यले स्वागत मनतब्य, संस्थाका सचिव नबराज न्यौपानेको संचालनमा सम्पन्न भएको हो . २०६६ सालमा स्थापना भएको अरनिको बचत तथा ऋण सहकारीले १४ औँ साधारणसभामा २,५४,५३,००० बराबरको आयब्याय कोषाध्यक्ष कमला डुम्रेले पेश गर्नु भएको थियो । सहकारीमा हाल ७०० सेयर सदस्य रहेका छन । सहकारीको सेयर पुँजी गत बर्ष भन्दा ०.४ प्रतिशत वृद्धिभई २,५४,५३००० रहेको छ । सहकारीले यस बर्ष ब्याजबाट १,६०,४७,६२७ रकम आम्दानी गरेको छ । सहकारीले गत बर्ष ३८,७४,४१२ रकम आमदानी गर्न सफल भएको छ । यो आम्दमनी कर्जा नोक्सानी ब्यवस्थापन लगायतको करिव ८ लाख कम ब्यवस्थापन पछिको खुद नाफा हो । सहकारीले हाल दैनिक बचत,मासिक बचत,ऐच्छिक बचत,कर्मचारी सञ्चयकोष,बाल बचतको रुपमा रकम जम्मा गर्ने गरेको छ । सहकारीले गत बर्ष भन्दा यो बर्ष कर्जा लगानीमा समेत वृद्धि गरेको छ गत बर्ष भन्दा १,५६,१४,०९९ले वृद्धि गर्दै १२,९०,९३,४५८ रकम कर्जा लगानी गरेको छ । सहकारीको कुल निक्षप ११,४७,२५,३९५ रकम रहेको छ । सहकारीले आगामी बर्षका लागि ब्याजबाट १,७२,००,००० आमदानी गर्नेलक्ष्य राखेको छ भने सेयर सदस्य १५० जना वृद्धि गर्ने लक्ष्य राखेको छ । सेयर पुजीलाइ समेत २,८०,००,०००पुराउने लक्ष्य राखेको छ ।ऋण लगानीमा पनि वृद्धि गरि १४,१०,००,००० पुराउने लक्ष्य रहेको छ । सहकारीले मासिक बचतमा ७ प्रतिसत,दैनिकमा ५% ऐच्छिकमा ५% बाल बचतमा ५% ब्याज प्रदान गर्ने गरेको छ भने ऋणमा बिना धितो ११% र धितो सहतिमा १२% ब्याज लिने गरेको छ ।

धेरै पढिएको

ताजा समाचार