कपिलवस्तुको शिवराजमा ३ महिने निशुल्क कोचिङ कक्षा सुरु


कपिलवस्तुको  शिवराज नगरपालिकाले ३ महिने निशुल्क कोचिङ कक्षा सुरु गरेको छ । शिवराज नगरपालिका वडा नं ६ ले एसइइ परिक्षा अभिमुखिकरण ३ महिने निशुल्क कोचिङ कक्षा सुरु गरेको वडा अध्यक्ष महेताव खानले बताउनुभयो ।

विद्यार्थीको पठनपाठनमा सुधारको लागि कोचिङ कक्षा सुरु गरेको अध्यक्ष खानले जानकारी दिनुभयो । एसइइ परिक्षा नजिकीदै गरेको अवस्थमामा ३ महिने अंग्रेजी विज्ञान र गणितक विषयको अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

वडा नं ६ का विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार गर्नका लागि ३ महिने कोचिङ कक्षा सुरु हुदाँ त्यस क्षेत्रका विद्यार्थी खुसी भएका छन । वडा नं ६ पिपरी स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा तिन महिने कोचिङ सुरु गएिको हो ।

धेरै पढिएको

ताजा समाचार