
गीता पौडेल, कपिलवस्तु –
क्यामरा ट्रयाप बिधिबाट बन्यजन्तुको अनुगमनका लागि कपिलबस्तुमा तालिम सुरु भएको छ । कपिलबस्तुको शिबपुरमा पुष ४ गते आज बुधबारबाट तालिम सुरु भएको हो ।
दाङ,कपिलबस्तु र अर्घाखाँचीको सितगंगा क्षेत्रमा यो बिधि प्रयोग गर्ने भनिएको छ ।
कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेश बन निर्देशनालयका प्रमुख ददिलाल कंडेलले क्यामरा ट्रयाप बिधि प्रयोग गर्दा साझेदारी तथा सामुदायिक बनका बैठकमा यस्को प्रभावकारीताका बारेमा बताउनु पर्ने बताउँदै यस्तो बिधिले बन संरक्षण टेवा पुग्ने तथा अपराधिक कृयाकलापमा समेत न्यूनिकरण साथै काठ तस्करमा समेत कमि आउने भएकाले यो बिधि अत्यान्तै प्रभावकारी हुनेमा जोर्ड दिनु भयो ।
कार्यक्रममा विश्व वन्यजन्तुकोष धधा नेपालका वन्यजन्तु बिज्ञ ससाङक पौडेलले यस क्षेत्रमा बाघको संख्या पत्ता लगाउन तथा कस्ता किसिमका बाघका प्रजाती छन त्यसको एकिगङको लागि यो बिधि अपनाउन थालेको बताउनु भयो । यो बिधि प्रयोग गर्दा बनमा अन्य कुन कुन प्रजातीका बन्यजन्तु छन तिनको समेत पहिचान हुने र संरक्षणका लागि सहज हुने बताउनु भयो ।
यस क्षेत्रमा क्यामरा ट्रयाप बिधि प्रयोग गरेर बाघमा केन्द्रित रहेर अध्ययन गर्न लागिएको बताउँदनु भयो । गत वर्ष दाङको दक्षिण भेगबाट सुरु गरिएको र यस वर्ष कपिलबस्तु,दाङ र अर्घाखाँचिका क्षेत्रमा हुने र आउने वर्ष दाङमा हुने समेत बताउनु भयो ।
बन्यजन्तु बिज्ञ पौडेलले यो तालिममा १२ टोली रहेने तथा एक टोलिमा ४ जना गरि जम्मा ४८ जना फिल्डमा खटीने तथा यो बिधिका लागि लगभग ४० दिनका लागि खटीने बताउनु भयो ।
बिहिबार र शुक्रबार हुने तालिमा कस्तो ठाउँमा क्यामरा फिट गर्ने,कसरी राख्ने,क्यामरा राख्ने ठाउँको पहिचान गर्ने बारे छलफल हुनेछ ।
बन्यजन्तु अनुगमनका लागि क्यामरा ट्रयाप बिधि प्रयोग गर्दा बनमा हुने अन्य जन्तुको पहिचान हुनेछ,बनजंगल संरक्षणमा टेवा पुग्नेछ,बनमा हुने अन्य गलत क्रियाकलापको पहिचान हुने र चोरीनिकासी गर्ने ब्यक्तिको पहिचान हुनेछ । जंगलमा हुने हत्या हिंसा,बलात्कार जस्ता घपराध गर्ने ब्यक्तिको समेत पहिचान हुनेछ जस्का कारण कानुन अनुसारको कार्वाहीमा समेत टेवा पुग्नेछ ।
क्यामरा ट्रयाप बिधिको क्रममा राखिएका क्यामेरा चोरी समेत हुने पाइएकाले यस्तो खाल्को प्राबिधिक क्यामरा कोहि ब्यत्तिले चोरी गरे पनि त्यो प्राबिधिक टोलि बाहेक अन्यले प्रयोग गर्न नमिल्ने बिन्यजन्तु बिज्ञ पौडेलले जानकारी दिनु भयो ।
त्यस्तै कपिलबस्तु साझेदारी बनका अध्यक्ष गंगेश तिवाररी,डिभिजन बन अर्घाखाँचीका साहेक बन अधिकृत मोती पोखरेल,प्रतिनिधि,डिभिजन बन कपिलबस्तुका प्रमख बिजयराज सुबेदी,जिल्ला बन कार्यालय दाङका प्रमुख राजु क्षेत्रि लगायतले सुझाब राख्नु भएको थियो ।
ीशबराज साझेदारी बन ब्यबस्थापन समिति अध्यक्ष हरि पोखरेल,मनकामना सामुदाष्कि बनका अध्यक्ष राम बहादुर केसि,रहतावल सामुलदायिक बनका अध्यक्ष यज्ञ प्रसाद बेल्बासे,डिभिजन बन कार्यालय कपिलबस्तु गौतमबुद्धमा आबद्ध बन अधिकृत लगायतको सहभागिता रहेको थियो ।
डिभिजन बन कार्यालय कपिलबस्तु गौतमबुद्दका प्रमुख बेसिन्द्र राज सुबेदीको अध्यक्ष्तामा लुम्बिनी प्रदेश बन निर्देशनालयका प्रमुख ददिलाल कंडेलले प्रमुख अथित्यतामा सहायक बन अधिकृत कल्याण साप्कोटाको संचालनमा सम्पन्न भएको छ ।