मृगौला पिडितलाई रकम हस्तान्तरण


कपिलवस्तु – मानविय सेवा नै सर्वाेत्तम कार्य हाे भन्ने मुल मर्मलाई आत्मसात गर्दै आज नेपाल स्वयंसेवक संघ शिवराज नगर कमिटी, युनिक स्वयंसेवक नेपाल धरान तथा हाेटल तथा रेष्टुरेन्ट व्यावसायी संघ जिल्ला समिति कपिलवस्तुकाे सँयुक्त सम्बन्ययमा आज मृगौला पिडित बिरामी शिवराज १ निवासी मीन बहादुर पुनमगरलाई रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

निज बिरामी लामो समयदेखि मृगौला राेगबाट पिडित छन् । हस्तान्तरण कार्यक्रममा शिवराज नगर उपप्रमुख तथा नेपाल स्वयंसेवक संघ शिवराज नगर कमिटीका प्रमुख सल्लाहकार शिवकुमारी थारु , वडा नम्बर १ र ५ का वडा अध्यक्ष क्रमशः खिमबिक्रम केसी र नेत्र बेल्वासे , नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल , राष्ट्रिय मानवअधिकार प्रतिष्ठान जिल्ला समिति सभापति बिष्णु प्रसाद खतिवडा , कानुनबिद् शरद अधिकारी , नेपाल स्वयंसेवक संघ केन्द्रीय सचिव गाेपाल बन्जाडे, संघका नगर अध्यक्ष लेखनाथ घर्ती लगायतको उपस्थितिमा पिडित बिरामी मीन बहादुर मगरलाई २ लाख पाँच सय पन्ध्र रुपैया हस्तान्तरण गरेको युनिक स्वयंसेवक नेपाल हेटौंडाका अभियान्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अभियानमा युनिक स्वयंसेवक नेपालका तर्फबाट राजकुमार श्रेष्ठ , थरमान बिश्वकर्मा , एन्जिला बस्नेत , धनबहादुर सेन्चुरी , सराेज कार्की लगायत छन् भने नेपाल स्वयंसेवक संघका तर्फबाट लेखनाथ घर्तीकाे नेतृत्वमा सरस्वती भारती , बसन्ति गिरि लगायत रहनुभएकाे छ ।

हस्तान्तरण कार्यक्रममा सहभागी सबैले जनप्रतिनिधिको र सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधिकाे उपस्थितिमा यसरी स्वयं पिडितलाई सहयोग गर्नु मानव जीवनकै सर्बाेत्कृष्ट कार्य भएको बताएका थिए ।

धेरै पढिएको

ताजा समाचार