सहज बचत तथा ऋण सहकारीको अध्यक्षमा बुढाथोकि


कपिलवस्तु –
सहज बचत तथा ऋण सहकारीको अध्यक्षमा तुल्सी बुढाथोकि चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनबाट बुढाथोकिको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन भएको हो । समितीको उपाध्यक्षमा सिता थापा, सचिवमा मनकला फेवाली, सह सचिव प्रेम कुमारी कडेल, कोषाध्यक्ष हेमराज गिरी र सदस्यहरु गोपाल थारु, पुष्पा सुनार, गोपाल चौधरी, सन्सु थारु, सिता थापा क्षेत्रि र हर्जि थारु चयन भएका छन । त्यसैगरी सहकारीको लेखा समिति संयोजक सिता बुढाथोकि, सदस्यमा मिना थारु र निरा चौधरी चयन भएको निर्वाचन मण्डलका सदस्य गोपाल बन्जाडेले जानकारी दिनुभयो ।

साधारण सभा तथा अधिवेशन सस्थाका अध्यक्ष लिलामणी पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिको प्रमुख आतिथ्यतामा सम्पन भएको हो । सभामा अध्यक्ष पौडेलले सस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २०६४ सालबाट सुरुभएको सस्थामा हाल १५९९ सेयर सदस्य रहेको, सस्थाको सुद्ध नाफा १६ लाख २९ हजार २७३, सस्थामा ८१ वटा समुहका सदस्यहरुको हालसम्मको निक्षेप ४ करोड ३५ लाख ३८ हजार ७०० र कुल सेयर पुँजी १ करोड २४ लाख ५० हजार रुपैँया रहेको प्रतिवेद प्रस्तुत गर्नुभयो । आफ्नो कार्यकालमा सेयर पुँजि र सस्थाको नाफामा बृद्धि गर्न सफल भएको बताउदै सहकारीबाट ऋिण लिएर उत्पादनशिल क्षेत्रमा लगानि गरी स्व रोजगार तथा आत्मनिर्भर बन्न पनि उहाले आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य अर्जुन कुमार केसिले सहज बचत तथा ऋण सहकारी संस्था पुरानो सस्था र १६ सय सेयर सदस्य रहेकोले अधिवेसनबाट सहकारीलाइ हाक्ने सक्षम नेतृत्व चयन गर्न शुभकामना दिनुभयो । सहकारीले बचत गर्ने बानीको बिकास गरेको हुदा समाजका कुना कुनामा पुगेर सहकारीको ज्ञान बाड्न आवश्यक रहेकोमा जोड दिदै सहज सहकारीलाइ उत्कृष्ट सहकारीको रुपमा स्थापित गर्ने गरी काम गर्न आग्रह गनुभयो । उत्पादनसिल सहकारीले देशको अर्थव्यवस्था मजबुत बनाउने हुदा सहकारीलाइ उत्पादन मुखि र सफल सहकारीको रुपमा स्थापित गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिवराज नगरपालिका वडा नं २ का वडा अध्यक्ष राम बहादुर चौधरी, वडा नं ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासे, अरनिको बचत तथा ऋण सहकारीका अध्यक्ष दोर्ण प्रसाद उपाध्याय लगायतले सहकारीलाइ जिल्लामै उत्कृष्ट बनाउने गरी काम गर्ने खालको नयाँ नेतृत्व चयन गर्न शुभकामना दिदै सहकारीका सिद्धान्तमा रहेर काम गर्न आग्रह गर्नुभयो ।

सभामा सस्थाका कोषाध्यक्ष रमा बेल्वासेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो.। साधारण सभा तथा अधिवेसनको अवसरमा सस्थाका बृद्ध सेयर सदस्यहरु, नियमित ब्याज बुझाउने, नियमित बचत गर्ने सेयर सदस्यहरुलाइ सम्मान गरीएको छ । कार्यक्रममा सहकारीका सस्थापक अध्यक्ष कौशल न्योपाने, पुर्व अध्यक्षहरु, हिमपात साना कृषान कृषि सकहारीका अध्यक्ष जिवन केसि, विभिन्न सघं सस्थाका प्रमुख तथा प्रतिनिधी, विमा सहजकर्ता प्रकाश पोख्रेल, संचालक समिति सदस्य तथा सेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार