
कपिलवस्तु – बिहीवार लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रौटा शाखाले डिजिटल तथा बितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शिवराज नगरपालिका वडा न।९ मा रहेको प्रकाश मा।बि मा अध्यनरत बिद्यार्थीहरु बिच भएको थियो । कार्यक्रमलाई सहजीकरण गर्दै शाखा प्रमुख सुबेदिले बैंक तथा बित्तीय सस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।
बचत किन गर्ने वर्तमानमा खर्चलाई कम गरि भविष्यको उपयोगको लागि सबैले आजै देखि सुरु गर्नुपर्नेमा जोड दिनु भयो । आजको समयमा कुनै पनि आर्थिक प्रलोभनमा परि गैर कानुनी डिजिटल बित्तीय कारोबार नगर्न अनुरोध गर्नुभयो ।
डिजिटल भुत्तानी सम्बन्धि आफ्नो ब्यत्तिगत पिन कोड,ओटिपी पास्वड,नागरिकता नम्बर जस्ता गोप्य बिवरण कसैलाई दिन नहुने समेत जोड दिनुभयो । साथै कार्यक्रममा बित्तीय कारोबार गर्ने कम्प्युटर, ल्यापटप र मोबाइल समेत सुरक्षित राख्नु पर्नेमा छलफल गरिएको थियो ।
खर्च ब्यबस्थापन कसरी गर्ने, आम्दानी र खर्च विवरण कसरी राख्ने बिषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।