भोली एमाले अध्यक्ष ओली चन्द्रौटा आउँदै

कपिलवस्तु –

नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुको वैशाख २६ गते चन्द्रौटामा हुने अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले जानकारी दिनुभयो । तयारीका लागि जिम्मेवारी पाएका सबै जनाले काम गरेको उहाँले बताउनु भयो ।

उद्घाटनका लागि पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तय भएको छ । केपी ओली आउने भए पछि जिल्लाबासीमा उत्साह थपिएको बताइएको छ । चन्द्रौटा आसपासका जनता खुशीयाली छाएको जिल्ला अध्यक्ष शर्माले बताउनु भयो ।

 

एमाले कपिलबस्तुको जिल्ला अधिवेशनको तयारी पुरा

नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । वैशाख २६ अर्थात भोलि एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

शिवराज नगरपालिका वडा नं ५ चन्द्रौटामा रहेको शिवराज खेलमैदानमा वैशाख २६ र २७ गते हुने जिल्ला अधिवेशनको तयारी पुरा भएको र केहि कामहरु बाँकि रहेपनि भोलि बिहानसम्म सम्पुर्ण काम सकेर दिउँसो १ बजे अध्यक्ष ओलीले अधिवेशनको उद्घाटन गर्नुहुने एमाले जिल्ला कमिटीले जनाएको छ ।

पत्रकार सममेलनमा एमाले पालिटब्युरो सदस्य तथा जिल्ला ईन्चार्ज खिमलाल भट्टराईले कपिलबस्तुमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भैरहेको बताउनुभयो । पार्टिको आवश्यकतालाइ ध्यानमा राखेर नेतृत्व चयन गर्ने भट्टराईले बताउनुभयो ।

एमाले जिल्ला कमिटी अध्यक्ष डम्बर शर्माले जिल्ला अधिवेशनलाइ भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि आ आफ्नो क्षेत्रबाट लाग्न पार्टिका सबै कार्यकतालाइ आवहान गर्नुभएको छ । भोलिको खुल्ला सत्रमा २० हजार बढिको जन सहभागिता रहने आँकलन गरीएको जिल्ला अध्यक्ष शर्माले बताउनु भयो ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रिय कमिटी सदस्य गिरीधारीलाल न्योपाने, प्रदेश कमिटी सदस्य अर्जुन कुमार केसि, नेत्रराज अधिकारी, गोपाल थापा, शिवकुमारी थारु लगायत जिल्ला कमिटी, नगर कमिटीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

धेरै पढिएको

ताजा समाचार