कपिलवस्तु –
आवर मदरल्याण्ड एकेडेमी शिवराज नगरपालिका ५ चन्द्रौटाले आइतबार लुम्बिनी सिद्धार्थ ग्रीन रिसोर्टमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शैक्षिक सत्र २०८१ को सुरुवात भए संगै एकेडेमीले एक दिने अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालयको शैक्षिक शत्र २०८१ मा गर्ने क्रियाकलापको योजना सहित अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष सरद अधिकारीले बताउनु भयो । शैक्षिक गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी र अभिवावक सबै एकजुट हुन आग्रह गनुभयो ।
६ घण्टा विद्यार्थी विद्यालयमा राखेर मात्र विद्यार्थीको पढाइ राम्रो नभएर १८ घण्टा घरमा अभिभावककले आफ्नो विद्यार्थी के गरीरहेको छ भन्ने विषयमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कुलराज ढुगांनाले विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न अभिभावकको के भुमिका रहने भन्ने विषयमा अभिभावकलाइ सचेत गराउन अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा विद्यार्थिलाइ घरमा गर्ने व्यवहार, विद्यार्थिलाइ पढाइमा कसरी आर्कसित गर्ने, कस्तो वातावरण सृर्जना गर्ने भन्ने विषयमा मनिस मिश्राले सहजीकरण गर्नु भएको थियो ।
अभिमुखीकरण कार्यक्रम अभिबावक संघ अध्यक्ष बुद्धि पौडेलको अध्यक्षता तथा विद्यालय संचालक समिती पदाधिकारी तथा सदस्यहरु, विद्यालयका विभिन्न उप समितीका सदस्यहरु लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।