चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगपालिका वडा न १० लालपुरमा स्वस्थ जीवन शैली सम्बन्धि योग शिविर एवम अभिमुखिकरण सम्पन्न भएको छ ।
कार्यक्रममा मानसिक एवं शारीरिक तनाबबाट मुक्त हुनको लागि स्वास्थ्य जिवनशैली एवम योगको आवस्यक हुने कार्यक्रमका प्रमुख अतिथि रविदत्त मिश्राले बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष मन्जु मिश्राले आफ्नो भनाइ राख्दै मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश र विचलनलाई नियन्त्रण गरी शारीरिक अवस्थालाई सन्तुलनमा राख्न स्वस्थ जिवनशैली एवम योग प्रभावकारी रहेको बताउनु भयो।
नागरिक आरोग्य केन्द्र शिवराजको आयोजना एवम शिवराज नगरपालिका वडा १० को सहयोगमा कार्यक्रम सप्पन्न भएको हो।