चन्द्रौटा -राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटी नगर अधिवेशनको तयारीमा जुटेको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल शिवराजको असार ८ गते अधिवेशन गर्ने तयारीमा लागेको युवा नेता विजय सापकोटाले जानकारी दिनु भयो ।
ब्यापार संघ कपिलवस्तु चन्द्रौटामा हुन लागेको अधिवेशनको लागि पूर्व तयारी सहित जिम्मेवारी बाडफाड गरेर तीव्र रुपमा काम भइरहेको उहाँले बताउनु भयो ।
एमाले जिल्ला कमिटी अध्यक्ष बाबुराम खनाल , संगठनका स्थायी कमिटी सदस्य धनु अधिकारी , जिल्ला कमिटी सदस्यहरु बाबुराम सापकोटा , जगत पौडेल ,कबिराज अधिकारी ,एमाले शिवराज कार्यावाहक अध्यक्ष महादेव पोखरेल , एमाले शिवराज सचिव शरद अधिकारी ,संगठनका केन्द्र तथा प्रदेश बिभाग सदस्यहरु लगायतका नेतासँगको अन्तरक्रिया तथा छलफलपछि असार ८ गते शनिबार अधिवेशन गर्ने तयारी भएकाको युवा संघ नेपाल शिवराज अध्यक्ष एवम लुम्बिनी प्रदेश कमिटी सदस्य बिष्णु हमालले जानकारी दिनु भयो ।