कपिलवस्तु-
राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । जननेता स्वः मदन भण्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा एक युवा, पाँच विरुवा अभियान अन्तरगत कपिलवस्तु बिजयनगर गाउँपालिका ४ सुरही पुल छेउको खाली ठाउँमा बिभिन्न प्रजातीका २ सय बढी बिरुवा बृक्षारोपण गरिएको छ ।
वृक्षारोपण कार्यक्रम युवा संघ नेपाल स्थायी कमिटी सदस्य धनु अधिकारीको प्रमुख आतिथ्यता तथा युवा संघ शिवराज नगर कमिटी अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले बिरुवा रोपेर मात्र नहुने त्यसको संरक्षण पनि आवश्यक रहेको बताउनुभयो । बृक्षारोपण पछि अधिकारीले समय समयमा बिरुवाको अनुगमन तथा मलजल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य विजय कुवंर, जिल्ला संयोजक तिलक गिरि, एमाले शिवराज नगर कमिटि कार्यवाहक अध्यक्ष महादेब पोख्रेलले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा युवा संघ कपिलवस्तु पुर्व जिल्ला इन्चार्ज टोपलाल पोखरेल, एमाले कपिलवस्तु जिल्ला कमिटी सदस्य जगत प्रसाद पौडेल, लक्ष्मी हमाल, बिष्णु सोति, कविराज अधिकारी लगायत एमाले जिल्ला , नगर एवम युवा संघका पदाधिकारी सदस्य तथा पार्टीका जनबर्गिय संगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।