
कपिलवस्तु-
श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनका विषयमा कपिलवस्तुको गोरुसिङ्गेमा आइतवार जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम भएको छ ।नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखा र न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धाण समितिका बोर्ड सदस्य आस्था के।सी।ले पत्रकारिता क्षेत्रमा भएका अनेक चुनौति र समस्याहरुलाई सम्बोधन गर्न न्युनतम पारिश्रमिक समितिको पहल रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरीले न्यून पारिश्रमिक लगायत पत्रकारिता सम्बन्धी विभिन्न समस्या भएको बताउनुभएको छ ।
समितिले श्रमजिवी पत्रकारहरुका समस्या सम्बोधन हुने गरि काम गर्नु पर्ने बताउनु भयो । श्रमजिवी पत्रकारहरुको न्युनतम तलब खरदार सरहको पनि नभएको भन्दै ऐनलाई परिमार्जन गर्दै कार्यान्वयमा लैजानु पर्ने अध्यक्ष गिरीले बताउनु भयो ।
। पत्रकार महासंघका जिल्ला शाखा सचिब जानु पाण्डेले मिडिया चलाउन गाह्रो भएको भन्दै पत्रकारलाई जिविकोपार्जन संग जोड्न आवश्यक रहेको बताउनुभयो ।