एमाले शिवाराजको नगर अधिवेशन : को को भए निर्वाचित


कपिलवस्तु – नेकपा एमाले शिवराज नगरपालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट महादेव पोख्रेल अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा टेकलाल सापकोटा ,सचीवमा रोसन एमसी ,उपसचिवमा गोपाल  प्रसाद बन्जाडे ,महिला उप सचीवमा शान्ता बिक निर्वाचित हुनु भएको हो ।अध्यक्ष पदमा पोखरेल,सचीवमा एमसी र महिला  उपसचिव र अन्य सदस्य  पदमा सर्वसम्मत   नेतृत्व  चय भएको हो भने उपाध्यक्ष  पदमा मतदान  भएको थियो । उपाध्यक्ष  पदका  उम्मेदवार  टेकलाल सापकोटा  ७९ मत सहित बिजयी हुनु भएको  छ भने उहाँका प्रतिशप्रधी ढुंण्डिराज अधिकारिले ४८ मत प्राप्त  गर्नु भएको थियो । त्यस्तै उप सचीव पदमा गोपाल प्रसाद बन्जाडेले ८३ मत सहित बिजयी हुंदा उहाँका प्रतिशप्रधी बेलसिंह रावतले २८ र राजकुमार  यधा क्षेत्रीले  १५ मत प्राप्त  गर्नु भएको थियो ।त्यस्तै लेखा आयोग अध्यक्षमा नारायण  आचार्य ,उपाध्यक्षमा घनश्याम  बेल्बासे ,सचिव पदमा रुद्र कार्की निर्वाचित हुनु भएको छ ।हिजो भएको एमाले नगर अधिवेशनबाट ६३ सदस्यीय नगर  कमिटी   गठन भएको छ ।

निर्वाचित अध्यक्ष महादेव पोख्रेलले पार्टीको विधान अनुसार अघि बढ्ने प्रतिबद्धता जनाउँदै, पार्टीलाई थप सशक्त र संगठित बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले नगरका कार्यकर्ताका आवश्यकताहरुलाई प्राथमिकता दिँदै पार्टीलाई बलियो बनाउने प्रतिज्ञा पनि गर्नुभयो।

 

धेरै पढिएको

ताजा समाचार