शिवराज १० मा एमालेको वडा अधिवेशन ,१५ सदस्यीय वडा कमिटी गठन


चन्द्रौटा -कपिलवस्तुको शिवराज नगरपालिकाले   वडा अधिवेशनलाई तिव्रता दिएको छ। यसै क्रममा, आज शिवराज नगरपालिकाको वडा नम्बर १० मा दोस्रो वडा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनबाट बेचन प्रसाद बानियाको अध्यक्षतामा १५ सदस्यीय नयाँ वडा कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्षमा रामनिवास गिरि, सचिवमा शिव प्रसाद चौधरी, उपसचिवमा नैनावती र दीर्घनारायण कुर्मी चयन भएका छन्।

शिवराज नगरपालिकामा एमालेलाई टोल टोलसम्म बलियो बनाउने लक्ष्य  सहित  अधिवेशन लाई तीव्रता  दिएको छ । अधिवेशनमा स्थानीय कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।  वडाक अधिवेशन लाई सम्बोधन  गर्दै एमाले  प्रदेश  सदस्य  नेत्रराज अधिकारीले  आगामी निर्वाचनमा पार्टीलाई थप सुदृढ बनाउने लक्ष्यसहित काम गर्नुपर्ने आवश्यकता रहेको  बताउनु भयो  ।

यस अधिवेशनले एमालेको संगठन विस्तार र स्थानीय नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने एमाले  शिवराज  अध्यक्ष महादेव  पोखरेल बताउनु भयो ।

अधिवेशनमा एमाले प्रदेश सदस्य नेत्र राज अधिकारी, जिल्ला कमिटी सदस्य मीन बहादुर कुर्मी, एमाले नेता लंक हमाल, शिवराज अध्यक्ष महादेव पोखरेल, सचिव रोसन एमसीलगायतका नेताहरूको उपस्थिति थियो।

धेरै पढिएको

ताजा समाचार