सुर्य ज्योती लाइफ इन्स्योरेन्स चन्द्रौटा शाखा खसिबजारमा स्थानान्तरण


कपिलवस्तु –

सुर्य ज्योती लाइफ इन्स्योरेन्सको चन्द्रौटा शाखा नयाँ व्यवस्थापनका साथ खसिबजारमा स्थानान्तरण भएको छ। यसअघि सशस्त्र चेक पोस्टमा रहेको कार्यालय अब खसिबजारको पूर्व(पश्चिम लोकमार्गको दक्षिणपट्टी जिवलाल पौडेलको घरको दोस्रो तल्लामा सरेको हो।

शाखा प्रबन्धक युवराज पौडेलले नयाँ व्यवस्थापनले सेवा अझ प्रभावकारी बनाउन शाखा स्थानान्तरण गरिएको जानकारी दिनुभयो।

शाखाले आफ्नो सेवा स्तर उकास्दै स्थानीय बासिन्दालाई सरल र सहज बीमा सुविधा प्रदान गर्दै आएको र स्थानान्तरणपछि थप गुणस्तरीय सेवा प्रवाह गर्ने योजना रहेको पौडेलले बताउनुभयो।

धेरै पढिएको

ताजा समाचार