कपिलवस्मातुको शिवराज १ उमरीमा एक कार्यक्रमका बिच माघी (खिचडी) महत्सव २०८२ उदघाटन भएको छ । महोत्सवको उद्घाटन थारु कल्याणकारी सभाका उपाध्यक्ष बिश्राम चौधरीले गर्नुभएको हो।
माघी खिचडी महत्सव पौष १ गते देखि ३ गतेसम्म सञ्चालन हुने आयोजक थारू कल्याणकारी सभा शिवराजले जनाएको छ ।

महोत्सवले थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै आपसी सद्भाव र सामाजिक एकता मजबुत बनाउने अपेक्षा गरिएको छ। तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा थारु सांस्कृतिक नाच–गान, भेषभूषा, परम्परागत खानाका परिकारहरू तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।


















