सुरक्षित अटो, सुरक्षित यात्रा” अभियान: शिवराजमा चालक सचेतना अभिवृद्धि, ।

कपिलवस्तु — सुरक्षित यातायात व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै शिवराज नगरपालिकाले अटो तथा ई–रिक्सा चालकहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
“सुरक्षित अटो, सुरक्षित यात्रा–सुरक्षित जनता” भन्ने मूल नारासहित नगर कार्यपालिकाको कार्यालय चन्द्रौटाको आयोजनामा सुपादेउराली रिसोर्ट, खरेन्द्रपुरमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा नगरभित्र सञ्चालनमा रहेका अटो तथा ई–रिक्सा चालकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अजय थापा ले ट्राफिक नियमको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सवारी सञ्चालन केवल जीविकोपार्जनको माध्यम मात्र नभई जनताको ज्यानसँग जोडिएको जिम्मेवारी भएको उल्लेख गर्दै चालकहरूलाई अनुशासित र सचेत बन्न आग्रह गर्नुभयो।
कार्यक्रममा प्रशिक्षक दिपक राज गिरि ले सहभागी चालकहरूलाई ट्राफिक नियम, संकेतहरूको सही प्रयोग, सवारी सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना न्यूनीकरणका व्यावहारिक उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले चालकहरूको सानो लापरवाहीले पनि ठूलो क्षति निम्त्याउन सक्ने भएकाले जिम्मेवार ढंगले सवारी चलाउनुपर्नेमा विशेष जोड दिनुभयो।

नगरपालिकाले यस्ता सचेतनामूलक कार्यक्रममार्फत चालकहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याई सुरक्षित यात्रा संस्कृतिको विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

धेरै पढिएको

ताजा समाचार