काठमाडौं । भारतले सन् २०२६ को यू–१९ विश्वकपको उपाधि जितेको छ ।
शुक्रबार राति हरारे स्पोर्ट्स क्लबमा भएको फाइनल खेलमा भारतले इंग्ल्यान्डलाई पराजित गर्दै छैटौं पटक उपाधि जितेको हो ।
आयुष म्हात्रेको कप्तानीमा भारतले दिएको ४१२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३११ रन बनाएर अलआउट भयो ।
भारतले चार वर्षपछि यो उपाधि जितेको हो । भारतीय टोलीले अन्तिम पटक २०२२ मा उपाधि जितेको थियो । २०२४ को सिजनमा भारतीय टोली फाइनलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।
यो जितसँगै भारतले लगातार चौथो आईसीसी प्रतियोगिता जितेको छ । भारतले गत वर्ष महिला एकदिवसीय विश्वकप, च्याम्पियन्स ट्रफी र २०२४ मा टी–२० विश्वकप जितेको थियो ।









