शिवराज, कपिलवस्तु
शिवराज नगरपालिकामा “मानव अधिकार रक्षाका लागि सुरक्षा र संरक्षण” विषयक दुई दिने तालिम सुरु भएको छ।
शिवराज नगरपालिकाको सहकार्य तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना उक्त तालिम सञ्चालन भएको हाे।
तालिमको सहजीकरण स्थानीय अधिकार कार्यक्रम संयोजक अजय चौधरीले गर्नुभएको हो। उहाँले मानव अधिकार रक्षकहरूले सामना गर्नुपर्ने चुनौती, सम्भावित जोखिम तथा सुरक्षा र संरक्षणका उपायहरूबारे सहभागीहरूलाई जानकारी दिनुभएको छ।
कार्यक्रममा विभिन्न क्लबका अगुवा, कृषक समूह, श्रमिक, महिला समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। तालिममा जम्मा ३० जना सहभागी रहेका छन्।
उक्त तालिम मार्फत सहभागीहरूले मानव अधिकारको अवधारणा, जोखिम पहिचान तथा विश्लेषण, सुरक्षा योजना निर्माण र संरक्षण संयन्त्रबारे व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।
यो तालिमले स्थानीय तहमा मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि गर्न तथा सुरक्षित वातावरणमा अधिकार रक्षाको कार्य अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।









