काठमाडौं ।
गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएको जनाकारी गराएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यो जानकारी गराएका हुन् ।
‘प्रमिस इज अ प्रमिस : कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’ गुरुङले फेसबुकमा लेखेका छन् ।









