काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज अदालत पेस गर्न लागेको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित नगराएको हुनाले आज दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । ओली र लेखकलाई प्रहरीले शनिबार आफ्नै निवासबाट प्रक्राउ गरेको थियो ।
पूर्वप्रधानमन्त्री ओली पक्राउपछि अस्पतालमा भर्ना भएका छन् र लेखकलाई २ नम्बर गण महाराजगन्जमा राखिएको छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा प्रहरीले शनिबार बिहान पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।









