लामो दुरि अर्थात छोटो दुरिको सवारी साधनमा यात्रा गर्दा तपाईंमध्ये धेरैलाई रिँगटा लाग्ने र वान्ता हुने समस्या हुन सक्छ। वान्ता हुनु आफैँमा एक कष्टकर क्षण हो।
शरीरलाई कमजोर बनाउनुका साथै यस्तो समस्याले यात्राको रमाइलोपन समेत हराएर जान्छ ।
यदि तपाइ यस्तो समस्या भोगिरहनु भएको छ भने यस्ता घरेलु उपाय अपनाएर यो समस्याबाट हट्न सकिन्छ।
ल्वाङ्ग – ल्वाङ्ग मुखमा राखेर चुसेर यात्रा गर्दा पनि वान्ता हुने समस्याबाट मुक्त हुन सकिन्छ ।
जामुन – जामुनकाे फल र यसका पातहरूमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ। जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको बीच–वीचमा अलि अलि रस पिउँदा पनि वान्ता हुँदैन ।
काँचो आँप- काँचो आँपले खानामा रुचि लगाउँछ, खाना पचाउन सहयोग गर्छ । त्यही आँपको पातले वान्ता रोक्ने काम गर्छ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर बीच बीचमा पिउने गर्नुपर्छ। यसो गर्दा वान्ता हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
सौंफ –साैंफले पनि वान्ता रोक्ने काममा मद्दत गर्छ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाइरहँदा वान्ता हुँदैन ।
अदुवा – अदुवा आयुर्वेदिक औषधिमा समेत अति नै प्रयोग गरिन्छ साथै रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ ।
यसरी यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसिरहँदा वान्ता हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।