कपिलवस्तु ।
अर्घाखाँचीको जेकेना सिङल्याङ स्थायी घर भई हाल कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका घनचौरा थकौली निवासी समाजसेवी तथा पौडेल वंशज कृष्णप्रसाद पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक विशाल संयुक्त शोक सभा सम्पन्न भएको छ।
दिवङ्गत पौडेलको मृत आत्माको चिरशान्तिको कामना गर्दै पौडेल वंश महासङ्घ अर्घाखाँची, पौडेल वंश महासङ्घ शिवराज र पौडेल वंश महासङ्घ बुद्धभूमिको संयुक्त आयोजनामा उक्त शोक सभा आयोजना गरिएको हो।
बुद्धभूमि स्थित थकौलीमा आयोजित शोक सभामा पौडेल वंशजका प्रतिनिधिहरू, स्थानीय समाजसेवी तथा आफन्तजनहरूको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रममा अर्घाखाँची, कपिलवस्तु र रुपन्देही गरी तीनवटै जिल्लाबाट पौडेल बन्धुहरूको उपस्थिति रहेको थियो।
शोक सभामा बोल्ने वक्ताहरूले स्व. कृष्णप्रसाद पौडेलले आफ्नो जीवनकालमा समाज, कुल र बन्धुत्वको हितका लागि पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो। उहाँको निधनले पौडेल समाजलाई अपूरणीय क्षति पुगेको भन्दै वक्ताहरूले उहाँको व्यक्तित्व र योगदानको उच्च मूल्याङ्कन गर्नुभयो।
कार्यक्रममा उपस्थित सम्पूर्ण बन्धुहरूले १ मिनेट मौन धारण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको प्रार्थना गरेका थिए। साथै, महासङ्घका पदाधिकारीहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना व्यक्त गर्नुभयो।








